‘छ माया छपक्कै’ प्रमोसनमा ‘बिच्च बिच्चमा’

काठमाडौं, असोज १० (जानकारीखबर) – वर्षकै बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ ले चलचित्र प्रमोसनका लागि यस वर्षको तिजमा सर्वाधिक रुचाइएको दुर्गेस थापाको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई प्रयोग गरेको छ ।

आफ्नो चलचित्र प्रमोसनका लागि सधैं नयाँ विधि प्रयोग गर्ने दीपकराज गिरी र दीपाश्री निरौलालगायतको समूहले यसपटक गायक दुर्गेस थापाको गीतलाई छानेको छ । असोज २४ गते देशैभर एकसाथै प्रदर्शनमा आउने चलचित्र छ माया छपक्कैलाई दर्शकको मनमा छाप बसाउन दीपक–दीपाको समूहले गीतको सहारा लिएको देखिएको छ ।

दुर्गेस थापा स्वयं लिड भूमिकामा देखिएको प्रमोसनल गीतमा छ माया छपक्कैका प्रमुख कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी पनि देखिएका छन् । यसअघिका चलचित्र दशैंको छेको पारेर प्रदर्शन गर्ने यो समूहले छ माया छपक्कै भने दशैंको टीकापछि प्रदर्शन गर्दैछ । यही कारणले पनि तिजको अवधिमा जनताको मुखमा झुन्डिएको गीतको सहारा दीपक–दीपाले लिएको हुनसक्छ ।

हेर्नुहोस् भिडियो


Read Previous

«

Read Next

»

Add Comment

avatar