‘मनबिनाको धन २’ लिएर आए अशोक दर्जी

काठमाडौं, १० असोज (जानकारीखबर)- अशोक दर्जीलगायत एआर बुढाथोकी, टंक बुढाथोकी र बिक्रम थापाको स्वर रहेको ‘मनबिनाको धन २’ शुक्रबार सार्जजनिक गरिएको छ ।

कलाकार एवं निर्देशक शंकर आचार्यको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको गीतको बोल ‘मनबिनाको धन २ बाआमा’ रहेको छ । यस गीतमा बाबुआमालाई माया गर्नुपर्ने र बाबुआमा भन्दा ठूलो कोही नभएको भन्ने भाव रहेको छ । गीतमा गायकत्रय, अशोक, एआर, टंकलगायतकाले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो


Read Previous

«

Read Next

»

Add Comment

avatar