च्याम्पियन्स लिग : मेस्सीको नयाँ रेकर्ड, बार्सिलोनाको जित

काठमाडौं, ७ कात्तिक (एजेन्सी)- स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल गर्दै मेस्सी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने खेलाडी बनेका छन् ।

उनले च्याम्पियन्स लिग सिजन सन् २००५–६ बाट २०१९–२० को सिजन सम्म हरेक सिजनमा गोल गरेका छन् । साथै मेस्सी ३३ फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् । यसअघि राउल गोन्जालेज र क्रिस्टियानो रोनाल्डोले ३३ फरक टिमविरुद्ध गोल गरेका थिए ।
साल्भियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक आत्मघाती गोल उपहार पाएको थियो । यता साल्भियाका लागि जान बोरीलले एक गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन ।

खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो गोलका लागि भने बार्सिलोनालाई लामो समय कुर्न परेको थियो । यता साल्भियाका लागि खेलको ५० औँ मिनेटमा बोरीलले बरारी गोल फर्काए । बार्सिलोनाले खेलको ५७ औँ मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । कप्तान लियोनल मेस्सीले डी एरिया नजिकबाट प्रहार गरेको फल लुईस स्वारेजले गोल पोष्टमा हान्दा साल्भियाका खेलाडी पेटेरको खुटमा लागेर गोलमा परिणत भएको थियो ।

जितसँगै समूह ‘एफ’को बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाको यो दोस्रो जित हो । यता पराजित साल्भिया एक अंकसहित पुछारमा छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar