चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं, ७ कात्तिक- भिटेन भनेर चिनिने चर्चित र्‍यापर समिर घिसिङ पक्राउ परेका छन् । महानगरी प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

पछिल्लो समय भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत चर्चित छ । चर्चामा रहेको उनको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतको भएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ । उनीमाथि सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताइएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar