नवनिर्मित विधालय भवन हस्तान्तरण

काठमाडौँ । करिब साठी वर्षको लामो इत्तिहास बोकेको आदर्श माध्यमिक विधालयले आजका दिनसम्म हजारौ विद्यार्थी  उत्पादन गरिसकेको छ | हिजोका दिनमा यसै विधालयको छातमुनि बसेर अक्षर कोर्ने बिद्यार्थीहरु आज देशविदेशमा प्रतिस्ठीत क्षेत्रहरुमा आफ्नो नाम बनाईरहेका छन् | कयौ वर्षदेखि हजारौ बिद्यार्थीलाई गुणस्तर शिक्षा प्रधान गर्दै आइरहेको यो विधालय २०७२ बैशाख १२ गते शनिवारको दिन गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले काम नलाग्ने गरि क्षतिग्रस्त भएको थियो | जसका करण यस विधालयमा आध्यानरत करिब ८०० विद्यार्थीहरुको पठन-पठन समस्या आइरहेको थियो |

तर आगामी दिनहरुमा विद्यार्थीहरुले पुन व्यवस्थित भवनमा अध्यन गर्न पाउने भएका छन् | यसै साता लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनका  सहयोगमा निर्माण भएको १२ कोठे अत्याधुनिक विद्यालयको नयाँ भवन बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय फ्रस्ट भाईस प्रेसिडेन्ट डग्लस एक्स अलेक्ज्याण्डरले विधालयको साँचो विधालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पौडेललाई हस्तान्तरण गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसन (एलसीआइएपफ) को ३ करोड ६७ लाख रूपैयाँ सहयोगमा नवनिर्मित तीन तले भवन सुविधासम्पन्न र बालमैत्री रहेको छ ।

भूकम्पपछि नयाँ भवन पाएपछि उक्त विधालयका विद्यार्थी तथा अभिभावक खुसी भएका छन्। अब यस क्षेत्रका बालिबालिकालाई अध्ययन गर्न सहज हुने र शैक्षिक स्तर उकास्नसमेत टेवा पुग्ने कुरा आदर्श माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पौडेलले बताए | सो अवसरमा उनले नयाँ भवन निर्माण भएसँगै विद्यार्थी संख्या र शिक्षाको गुणस्तर बढाउनका लागि शिक्षक,अभिभावक तथा सम्बन्धित व्यक्तिहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।


Read Previous

«

Read Next

»

Add Comment

avatar