बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमित

लन्डन (एजेन्सी)– बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको उल्लेख गरेको छ ।  उनी ‘सेल्फ आइसोलेनस’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा हालसम्म ११ हजार ६ सय संक्रमित पुष्टि भइसकेका छन् भने मृतक संख्या ५ सय ७८ पुगेको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar