अन्तर्राष्ट्रिय बजारमा घटेपनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, वैशाख ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

बिहीबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार पेट्रोल र डिजेलको नयाँ खरिद मूल्य घटेर आए पनि कोरोना भाइरसका कारण मुलुक लकडाउन रहेकाले अत्यन्तै न्यून खपत भइरहेकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५/१५ दिनमा समायोजन गर्दै आएको छ । कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ । लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो ।


Read Previous

«

Read Next

»

Add Comment

avatar