तिब्ब्तले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं, वैशाख १०– कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि चीनको तिब्बत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्री बुधबार तातोपानी नाका हुँदै नेपाल भित्रिएको छ ।

काठमाडौं, वैशाख १०– चीनको तिब्बत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्री बुधबार तातोपानी नाका हुँदै नेपाल भित्रिएको छ । गत अप्रिल १० मा ल्हासामा प्रमुख नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई हस्तान्तरण गरिएको करिब ८ करोड ३१ लाखबराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।

सबै सामग्री बुधबारै काठमाडौं आइसक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । स्वास्थ्य सामग्रीमा १० हजार थान एन–९५ मास्क, १० हजार थान पीपीई, १ हजार थान इन्फ्रारेड थर्मोमिटर, २ थान पीसीआर मेसिन, १० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप छन् ।


Read Previous

«

Read Next

»

Add Comment

avatar