बुधबार कोरोना संक्रमण पुष्टि भएका संक्रमित तीनमध्ये एक भारतीय

काठमाडौं, वैशाख १०– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणमा नोवल कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका तीनमध्ये एकजना भारतीय नागरिक रहेको खुलेको छ । उक्त व्यक्ति दिल्ली निवासी २४ वर्षीय युवक भएको प्रतिष्ठान स्रोतले उल्लेख गरेको छ ।

संक्रमित अन्य दुईजना भने क्रमशः ६० र ७२ वर्षका छन् । उनीहरुको ठेगाना भने विराटनगर उल्लेख गरिएको छ । तीनैजना बीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा थिए । संक्रमित तीनैजना उदयपुरको भुल्केस्थित मस्जिदमा बसिरहेकै बेला अन्यमा संक्रमण देखिएपछि त्यहाँबाट मोरङको टाँडीस्थित क्वारेन्टाइनमा पुर्याइएका थिए । तीन दिनअघि उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा ल्याइएको थियो ।


Read Previous

«

Read Next

»

Add Comment

avatar