पार्टी फुटाउने उद्देश्यले आफ्नो सांसद अपहरण गरियो : समाजवादी पार्टी

काठमाडौं (एजेन्सी)– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालले आफ्ना एकजना सांसद अपहरणमा परेको जनाएको छ ।

पार्टी फुटाउन आफ्ना सांसद एवं केन्द्रीय सांसद सुरेन्द्र यादवलाई सरकारले अपहरण गराएको समाजवादीले आरोप लगाएको हो । काठमाडौंबाट गएको प्रहरी टोलीले पार्टी फुटाउने प्रयोजनकै लागि पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई जनकपुरबाट लगेको उसको दाबी छ ।

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वद्विप पाण्डेल बुधबार साँझ काठमाडौंबाट गएको प्रहरी टोलीले पार्टी फुटाउने प्रयोजनले काठमाडौंबाट गएको प्रहरी टोलीले सांसद यादवलाई अपहरण गरेर लगेको बताए ।


Read Previous

«

Read Next

»

Add Comment

avatar