ड्युटीमा खटिएकी प्रहरीलाई कारले ठक्कर दियो

काठमाडौं, वैशाख १३- काठमाडौंको तिलगंगा आँखा अस्पतालनजिकै ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई कारले ठक्कर दिएको छ । शनिबार साँझ बा २१ च ८५३० नम्बरको कारको ठक्करबाट राधा चन्दा नामकी प्रहरी घाइते भएकी हुन् ।

घाइते चन्दलाई उपचारका लागि ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा लगिएको छ । उनको अवस्था जटिल नरहेको बताइएको छ । कार चालक विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar