भारतमा २० लाख करोडको आर्थिक प्याकेज घोषणा

नयाँ दिल्ली (एजेन्सी)– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना प्रभावित क्षेत्रका लागि विशेष आर्थिक प्याकेजको घोषणा गरेका छन् । उनले श्रमिक र किसानका लागि २० लाख करोड भारतीय मुद्रा आर्थिक प्याकेजको घोषणा गरेका हुन् । यो भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत रकम हो ।

मंगलबार राष्ट्रको नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले मोदीले तीनपटकसम्म थप गरिएको लकडाउन बढ्ने संकेत गरेका छन् । मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले नयाँ नियमसहित ‘लकडाउन–४’ जारी हुने बताएका हुन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतक संख्या निरन्तर बढेपछि उनले मे १८ बाट चौथो चरणको लकडाउन जारी हुने र अबको लकडाउन नयाँ स्वरुपको हुने पनि बताएका छन् । पछिल्लो पटक लम्ब्याइएको लकडाउन मे १७ मा सकिँदैछ ।

भारतमा हालसम्म ७२ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार ३ सय ३१ पुगेको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar