नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २५८ पुग्यो

काठमाडौं– नेपालमा थप ९ जनामा नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार थपिएका संक्रमितमध्ये १ जना मकवानपुर निवासी ३७ वर्षीय पुरुष छन् भने बाँके, नैनापुरका ८ जना पुरुष छन् ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ति

 

 

 


Read Previous

«

Read Next

»

Add Comment

avatar