चलचित्र विकास बोर्ड अध्यक्ष बन्न दौडधुप गर्दै फिल्मकर्मी

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष बन्न फिल्मकर्मी दौडधुपमा लागेका छन् ।

तत्कालीन अध्यक्ष केशव भट्टराईको हृदयाघातका कारण निधन भएपछि ५ महिनादखि रिक्त अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ दिनको समयसीमा तोकेर मंगलबारसम्म आवेदन दिन आह्वान गरेकोमा १० जनाले आवदेन दिएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अभिनेता भुवन केसी, निर्देशक दयाराम दाहाल, भगवतीकुमारी मैनाली, राजेश थापा, अर्जुनकुमार डंगोल, ध्यानबहादुर राई, पर्शुराम चौधरी, सोहित मानन्धर, राजेन्द्र कुमार उप्रेती र दिपक श्रेष्ठले आवेदन दिएका छन् । बाहिर हल्ला भएजस्तो अभिनेता निखिल उप्रेती र लय संग्रौलाले भने आवेदन दिएनन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण र अन्तर्वार्तासहित कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्र्तीण हुनुपर्ने भए पनि पूर्णतया राजनीतिक नियुक्ति हुने भएकाले आकांक्षीले राजनीतिक दौडधुप सुरु गरेका हुन् ।

दाबेदारी दिनेमध्ये केसी र दाहालको सम्भावना धेरै रहेको जानकारहरु बताउँछन् । केसीलाई नेकपाका शीर्षस्थ नेताको समर्थन रहेको मानिन्छ भने नेकपा निकटकै जनपक्षीय चलचित्रकर्मी संघले भने दाहाललाई अघि सारेको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar