सवारी पास बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडे

झापा– गृह मन्त्रालयले सवारी पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं हिँडेका छन् ।

बिहीबार सवारी पास रद्द भएपछि काठमाडौं जाने तयारीमा रहेका शाह झापामै अड्किएका थिए । उनका प्रतिनिधिले पास बनाए पनि गृह मन्त्रालयको निर्णयपछि रद्द भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र सरकारले लकडाउन घोषणा गर्नुअघि नै झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमाल गुडरिक चिया बगानमा बस्दै आएका थिए ।


Read Previous

«

Read Next

»

Add Comment

avatar