स्वास्थ्य मन्त्रालयद्वारा सिन्धुपाल्चोककी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पहिलो मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक जिल्लाकी २९ वर्षीया सावित्री चालिसेको कोरोनाकै कारण मृत्यु भएको पुष्टि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले शनिबार राति ८.५० मा जारी गरेको विज्ञप्तिमा वैशाख २३ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल भएर वैशाख २४ गते सुत्केरी भएकी उक्त महिला २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक गएको र त्यहाँ उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल भएपछि काभ्रेको धुलिखेल अस्पतालमा थप उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको उल्लेख छ ।

मृतकबारे थप परीक्षण गर्दा कोभिड–१९ पुष्टि भएको र यसकै कारण मृत्यु भएको पहिलो घटना भएको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच थप २ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित धनुषा जिल्लाका २० र ६५ वर्षीय पुरष रहेको र योसँगै नेपालमा संक्रमितको संख्या २ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 


Read Previous

«

Read Next

»

Add Comment

avatar