नेकपा स्थायी कमिटीको बैठक आजबाट, मूल एजेन्डा एमसीसी

काठमाडौं, असार १०– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै हुने बैठकको मूल एजेन्डा एमसीसी हुनेछ । असार १६ गतेदेखि एमसीसी लागू गर्नुपर्ने भएकाले यस विषयलाई टुंग्याउनै पर्ने दबाबमा नेकपा छ ।

बैठकमा एमसीसीसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको २०७६ पुस यताको कामको समेत समीक्षा हुने बताइएको छ । लामो समयदेखि स्थायी कमिटीको बैठक नबसेकाले यसअघि थाति रहेका विषय पनि बैठकको कार्यसूची हुने नेकपा स्रोतले जनाएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar