भारतीय प्रधानमन्त्री मोदीको ट्विटर अकाउन्ट ह्याक !

नयाँ दिल्ली, भदौ १८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । ट्विटरले यसबारे जानकारी दिँदै भनेको छ, ‘भारतीय प्रधानमन्त्री मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर अकाउन्ट ह्याक भएको छ ।’

मोदीको उक्त ट्विटर अकाउन्टबाट राहत कोषका लागि क्रिप्टोकरेन्सी दान गर्न भन्दै शृखंलाबद्ध रुपमा ट्विट गरिएका थिए । ट्विटरले उक्त गतिविधिबाट आफू जानकार रहेको र उक्त अकाउन्टलाई सुरक्षित बनाउन कदम चालेको जनाएको छ । गत जुलाईमा अमेरिकी राष्ट्र«पतिका सम्भावित उम्मेदवार जो बाइडन र टेस्लाका संस्थापक एलन मस्कको ट्विट अकाउन्टमा ह्याकरले गरको हाइ प्रोफाइल आक्रमणपछि को ह्याकिङ हो ।

ह्याक भएको ट्विटर अकाउन्टमा २५ लाखभन्दा बढी फलाअर्स छन् र मोदीको व्यक्तिगत वेबसाइटको आधिकारिक ट्विटर ह्यान्डल हो ।


Read Previous

«

Read Next

»

Add Comment

avatar