काठमाडौं उपत्यकामा ६९६ सहित देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण

२६ भदौ, काठमाडौं

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना सहित देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जना ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९७२ रहेको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar