वानडे सिरिज : पहिलो खेलमा अष्ट्रेलिया विजयी

काठमाडौं, भदौ २७

इंग्ल्यान्डसँगको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा टस हारेको अष्ट्रेलियाले सुरुमा ब्याटिङ गरेको थियो । उसले दिएको २ सय ९५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो ।

उसका लागि साम बिलिङ्सले शतक बनाए । उनले ११० बलमा १४ चौका र २ छक्कासहित ११८ रन बनाए । जोनि बेयरिस्टाले ८४, कप्तान इओन मोगर्नले २३ रनको योगदान दिए । अरू ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा एडम जम्पाले चार, जोश हेजलउडले तीन, प्याट कमिन्स र मिचेल मार्शले समान एक विकेट लिए ।

अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७, मिचेल मार्शले ७३, मार्कस स्टोइनिसले ४३, कप्तान आरोन फिन्चले १६, मार्नस लाबुसेनले २१, मिचेल स्टार्कले अविजित १९, एलेक्स क्यारीले १०, प्याट कमिन्सले ९ र डेविड वार्नरले ६ रन बनाए ।

बलिङमा जोफ्रा आर्चर, मार्क उडले समान ३, आदिल रसिदले दुई र क्रिस वक्सले एक विकेट लिए । यो जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो वानडे आइतबार हुँदैछ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar