भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

नयाँ दिल्ली, भदौ २८

श्वासप्रश्वासमा कठिनाइ भएपछि भारतका गृहमन्त्री अमित शाहलाई अस्पताल भर्ना गरिएको छ । उनलाई शनिबार राति राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

गृहमन्त्री शाह एक महिनाको अन्तरालमा तेस्रो पटक अस्पताल भर्ना भएका हुन् । उनी कोरोना भाइरसको संक्रमण मुक्त भई दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । हाल गृहमन्त्री शाहको स्वास्थ्य अवस्था स्थीर रहेको बताइए पनि अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।


Read Previous

«

Read Next

»

Add Comment

avatar