प्रशिक्षण खुलाउन सरकारसँग एन्फाको माग

काठमाडौं, असोज १

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर एन्फाका पदाधिकारीले प्रशिक्षण रोकिँदा खेलाडीहरु निकै मारमा परेको भन्दै प्रशिक्षणको वातावरण बनाइदिन माग गरेका हुन् ।

सरकारले विस्तारै सबै क्षेत्र खुलाइसकेकाले खेलकुद प्रशिक्षण पनि खुलाउनु पर्ने उनीहरुको माग थियो । खले क्षेत्रलाई चलायमान बनाउन पनि प्रशिक्षण सुरु हुनुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । विश्वका अन्य मुलुकमा जस्तै विना दर्शक प्रतियोगिता समेत सञ्चालन गर्न पाउनुपर्ने एन्फाको माग छ ।

एन्फा पदाधिकारीको माग सुनेपछि राखेप सदस्य सचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।


Read Previous

«

Read Next

»

Add Comment

avatar