कपन खरिबोटमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं, असोज ३

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२, कपन, खरिबोटमा सरसफाई र दीपावली गरी पाँचौं संविधान दिवस (राष्ट्रिय दिवस) मनाइएको छ ।

कपन खरिबोट टोल सुधार समितिको आयोजनामा टोल वरपर सरसफाई गरी दीपावली गरिएको हो । टोल सुधार समितिका पदाधिकारी तथा टोलवासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा खरिबोट क्षेत्रको सरसफाई गरिएको थियो भने दीपावली शिव मन्दिरनजिकै रहेको पानी ट्यांकीअगाडि गरिएको थियो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ ले पनि सबै टोल सुधार समिति, महिला समूह, क्लब, विद्यालय, संघ संस्था र उपभोक्ता समितिलगायत सम्पूर्ण वडावासीलाई कोरोनाको संक्रमणसमेतलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउँदै आफ्नो घरटोलको ५० मिटर वरपरको क्षेत्रमा व्यापक सरसफाई गर्न दीपावली गरी हर्षोउल्लासका साथ संविधान दिवस मनाउन आग्रह गरेको थियो ।

सरसफाई

दीपावली


Read Previous

«

Read Next

»

Add Comment

avatar