लागुऔषधसहित दुई पक्राउ 

इनरुवा, २१ असोज (रासस)

सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताए । लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar